कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आज विश्वासको मत लिनुभएको छ ।
आज बसेको प्रदेशसभा बैठकमा कार्कीको पक्षमा ५७ मत प्राप्त हुँदा विपक्षमा भने शून्य मत परेको थियो । प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य अनुपस्थित रहदा प्रदेशसभामामा पाँच सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ बसेको थियो ।
कूल ९३ सदस्यीय प्रदेशसभामा आज ६२ सदस्य उपस्थित थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1