दैलेख । महाबु गाउँपालिका अध्यक्ष लछुमन गुरुङको ७७ वर्षको उमेरमा निधन भएको छ ।

उपचारको क्रममा  शुक्रवार  बिहान दैलेख जिल्ला अस्पतालमा उहाँको  मृत्यु भएको गाउँपालिकाका प्रवक्ता प्रकाशराज थापाले जानकारी दिनुभएको हो  ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा गुरुङ नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0