नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीका तीन जिल्लाका चुनावीसभालाई मङ्गलबार सम्बोधन गर्नुहुने भएको छ ।
कालीकोट, जुम्ला र हुम्लामा आयोजना हुने सत्तारूढ गठबन्धन दलले आयोजना गर्ने चुनावीसभामा अध्यक्ष दाहालसहित अन्य नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । माओवादी केन्द्रका अध्यक्ष दाहाल मङ्गलबार बिहान ९ बजे सुर्खेत आउने, सुर्खेतबाट ९ः५० बजे जुम्ला, जुम्लाबाट हुम्लाको सर्केघाटमा ११ः१० मा जाने तालिका रहेको माओवादी केन्द्रका नेता मनऋषि धितालले बताउनुभयो ।

यसैगरी सर्केघाटबाट हुम्लाको सदरमुकाम सिमीकोट हुँदै दिउँसो १ः३० मा कालीकोटमा मान्म र रास्कोटमा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेसका कालीकोटका सभापति अम्मबहादुर शाहीले बताउनुभयो ।

“माओवादी केन्द्रका अध्यक्ष र नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काले सम्बोधन गर्ने कार्यक्रम रहेको छ”, उहाँले भन्नुभयो, “जिल्ला सदरमुकाम मान्म बजार र रास्कोटमा हुने चुनावी आमसभालाई सम्बोधन गर्नुहुनेछ ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0