ई.पि.एस कोरिया भाषा परिक्षामा एक हजार ८ सय ९ जना उत्तीर्ण भएका छन् । वैदेशिक रोजगार विभाग ई.पि.एस कोरिया शाखाद्वारा सोमबार प्रकाशित नजितामा कृषि तथा पशुपालनतर्फको पहिलो चरणको परीक्षामा सहभागिमध्येबाट एक हजार ८ सय ९ जना उत्तीर्ण भएका छन् ।
२०७९ जेठ १९ गते देखि असार ३ गतेसम्म भएको परीक्षामा ६ हजार ५ सय ९७ जना सहभागी भएका थिए । यीमध्ये एक हजार ८०९ जना मात्र उत्तीर्ण भएको सूचनामा उल्लेख छ । उत्तीर्ण परीक्षार्थीहरु कोरियामा रोजगार आवेदन फारम भर्न योग्य भएको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0