काठमाडौं – इन्जिनियर अनन्तराज घिमिरेले रवि लामिछानेलाई शुभकामना दिएका छन् । उनले पार्टी घोषणा गर्ने हिम्मत गरेकोमा रवि लामिछाने प्रति सुभेक्षा प्रकट गरेका हुन् ।

रविलाई बधाई दिदै उनले राखेको पार्टीको नामका कारण देशभर स्वतन्त्र उम्मेदवारी दिने तयारी गरिरहेका र घोषणा गरेकालाई असर पर्नसक्ने चिन्ता व्यक्त गरेका छन् ।

रवि लामिछानेले रास्ट्रीय स्वतन्त्र पार्टी घोषणा गरेसगै स्वतन्त्र उम्मेदवार अभियानमा लागेका मानिसहरु रुष्ट देखिन्छन् । पार्टी भनेपछि स्वतन्त्र नहुने भन्दै सामाजिक संजालमा टिप्पणी भइरहेको छ ।

इन्जिनियर घिमिरेले रविलाई सुझाव दिदै स्वतन्त्र भन्ने सब्द हटाउन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0