काठमाण्डौ । मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने भएको छ । गएको जेठ २२ गते नेपालको पूर्वी भागबाट प्रवेश गरेको मनसुन देशभर फैलिन अझै दुई/तीन दिन लाग्ने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो । 

पौडेलकाअनुसार अहिले प्रदेश नं १, मधेस प्रदेश, बाग्मती, र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव छ । अन्य प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव छ । 

‘देशभरी मनसुनको प्रभाव छैन’, पौडेलले भन्नुभयो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष समयभन्दा एक हप्ता आगाडि अर्थात् जुन ५ मै मनसुन प्रवेश गरेको छ । नेपालमा साधारणतयाः जुनदेखि सेप्टेम्बरसम्मलाई मनसुनको अवधि भनिन्छ । यस समयमा नेपालमा वार्षिक वर्षभरिको ८० प्रतिशत पानी पर्छ । 

आज राति प्रदेश नं १, मधेस, बाग्मती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन÷चट्याङसहित पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ ।

भोलि सोमवार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं, मधेश, बाग्मती, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन÷चट्याङसहित पनी पर्ने सम्भावना छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0