एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ ।

गयराती कुवेतको जाबिर अल अहमद स्टेडियममा भएको खेलमा नेपाल इन्डोनेसियासँग ७-० गोल अन्तरले पराजित भएको हो ।
पहिलो हाफमा २ गोलले पछि परेको नेपालले दोश्रो हाफमा थप ५ गोल खाएको थियो ।

३३ औं मिनेटमा डिफेन्डर सुमन अर्यालले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा नेपाल १० खेलाडीमा समेटिएको थियो ।

उक्त हारसँगै समूह ए मा रहेको नेपाल अंक विहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपाल छनोटको पहिलो खेलमा जोर्डनसँग र दोश्रो खेलमा कुवेतसँग पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0