सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले एकिकृत प्रशासनिक भवनको शिलान्यास गरिएको छ ।
नगरपालिकाबाट प्रवाह हुने सेवालाई थप व्यवस्थित बनाउन उक्त भवनकाे शुभारम्भ गरिएकाे हाे ।
नगर कार्यपालिका कार्यालय भवनको सोमबार कर्णाली प्रदेशसभा सदस्य यामलाल कंडेल, नगर प्रमुख मोहनमाया ढकाल र निवर्तमान नगर प्रमुख देवकुमार सुवेदीले संयुक्त रुपमा शुभारम्भ गर्नुभयो ।
१० करोड ७१ लाख लागत अनुमान गरिएको पाँच तले भवन लिफ्ट सुविधासहितको हुनेछ । नगर प्रमुख ढकालले संविधानले स्थानीय तहलाई सेवा प्रवाह गर्ने निकायका रुपमा परिभाषित गरेको बताउनुभयो ।
सेवाग्राहीको बढ्दो चापका कारण हाल सञ्चालनमा रहेको भवनबाट सेवा प्रवाहमा असहजता सिर्जना भएकाले नयाँ भवन निर्माण थालिएको उहाँको भनाई छ ।
निवर्तमान नगर प्रमुख सुवेदीले प्रशासनिक भवन समयमै गुणस्तरीय बन्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रदेशसभा सदस्य कंडेलले चुनावमा फरक खालका प्रतिवद्धता भएपनि नगरको विकासका लागि ती सबै साझा प्रतिवद्धता भएको बताउनुभयो ।
२७ महिनामा सम्पन्न गरि सक्ने गरी नेपाल पब्लिक शर्मिला जेभीले निर्माणको जिम्मा लिएको छ । हालको नगरपालिका कार्यालयको पूर्वी क्षेत्रको खाली जग्गामा भवन बन्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
