काठमाडाैँ । अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा राष्ट्रसेवक र कर्मचारीको विद्यमान तलबमानमा १५ प्रतिशतले वृद्धि गरिएको छ ।
निजामती, सेना, प्रहरी, शिक्षकलगायत राष्ट्रसेवक कर्मचारीलाई उत्प्रेरित गरी सेवाभाव उच्च राख्न विद्यमान महँगी भत्ता कायम राखी तलब वृद्धि गरिएको हो ।
सो तलब आगामी साउन १ गतेदेखि लागू हुनेछ । बजेटमा सङ्घीय निजामती सेवा ऐन निर्माण गरिने, प्रशासनिक खर्च कटौती, प्रशासनिक पुनःसंरचना गरिने, सुशासन र सेवा प्रभावकारिता बढाइने पनि उल्लेख गरिएको छ । –
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1