मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव १५ अङ्कले बढेको छ ।

एक दशमलव ५९ प्रतिशतले बढेको नेप्से परिसुचक दुई हजार एक सय १५ दशमलव २४ को बिन्दुमा कायम भएको हो ।

बरुण हाइड्रोपावर कम्पनी लिमिटेड, ग्रीन भेन्चर लिमिटेड, कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।यस्तै सामलिङ्ग पावर कम्पनी लिमिटेडका शेयर धनिले सर्वाधिक गुमाएका छन । उक्त कम्पनीको मूल्य पाँच दशमलव ८१ प्रतिशतले घटेको छ ।

आज तीन सय ११ कम्पनीको एक करोड २६ लाख ६५ हजार तीन सय २९ कित्ता शेयर ७४ हजार आठ सय ७७ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ५५ करोड ५३ लाख ६१ हजार सात सय ३९ बराबरको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0