Oplus_131072

जारी आइसिसी टि–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले लगातार तेश्रो जित निकालेको छ ।
आज बङ्गलादेशलाई हराउँदै प्रतियोगितामा दक्षिण अफ्रीकाले तेस्रो जित दर्ता गरेको हो ।
अमेरिकाको न्युयोर्कमा गए राति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले बङ्गलादेशमाथि चार रनको रोमाञ्चक जित हासिल गरेको हो । दक्षिण अफ्रिकाले दिएको एक सय १४ रनको सामान्य लक्ष्य पछ्याएको बङ्गलादेश निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय नौ रनमा समेटियो । बङ्गलादेशका लागि टोहिड हृदोयले सर्वाधिक ३७ रन बनाए । त्यस्तै महमुदउल्लाहले २० रन जोड्दा कप्तान नजमुल हुसेन शान्तोले १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ दक्षिण अफ्रिकाका केशव महाराजले तीन विकेट लिए भने कागीसो रबाडा र एनरिक नोर्ट्जेले समान दुई–दुई विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पूरा ओभर खेल्दै ६ विकेटको क्षतिमा एक सय १३ रनको योगफल बनाएको थियो । दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले सर्वाधिक ४६ रन जोडे । यस्तै, डेविड मिलरले २९, ओपनर क्विन्टन डिककले १८ रन जोडे । बङ्गलादेशका लागि तान्जिम सकिबले तीन विकेट लिए भने तास्किन अहमदले दुई विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0