यस वर्षको मनसुन प्रणाली नेपालमा भित्रीएको छ । सरदर मिति भन्दा तीन दिन छिटो भित्रिएको मनसुन कोशी प्रदेशको पूर्वी भू-भागमा आजदेखि भित्रिएको हो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो ।
नेपालको अन्य भू-भागमा भने केही दिनमा क्रमिक रुपमा मनसुन हुने अनुमान गरिएको छ ।
यस्तै, आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0