आज देशका विभिन्न ठाउहरुमा तापक्रम ४० डिग्री आसपास पुगेको मापन गरिएको छ । सुर्खेतसहित चार वटा मापन केन्द्रमा भने तापक्रम ४० डिग्रीभन्दा माथि मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज साँझ सार्वजनिक गरेको २० वटा तापक्रम मापन केन्द्रको तथ्याङ्कअनुसार आज सबैभन्दा बढी तापक्रम धनगढीमा मापन गरिएको थियो । धनगढीमा ४४ डिग्री पुगेको छ । त्यसपछि नेपालगञ्जमा ४३ दशमलव छ, दीपायलमा ४० दशमलव सात र वीरेन्द्रनगरमा ४० दशमलव नौ डिग्री अधिकतम तापक्रम मापन गरिएको छ । यस्तै दाङको घोराहीमा ३९ दशमलव छ, भैरहवामा ३९ दशमलव आठ, सिमरामा ३७ दशमलव पाँच र जनकपुरमा ३७ डिग्री तापक्रम पुगेको छ । आज काठमाडौँमा ३४ दशमलव चार डिग्री तापक्रम मापन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0