काठमाडौँ, २७ जेठ ।, स्थानीय बजारमा पहेँलो धातुको मूल्य आइतबार तोलामा चार हजारले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला एक लाख ४१ हजार निर्धारण भएको छ । शुक्रबार छापावाला सुन तोलामा एक लाख ४५ हजारमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन तोलामा एक लाख ४० हजार तीन सय निर्धारण गरिएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सयमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य तोलामा ७५ ले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0