कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले अन्तर्राष्ट्रिय दातृ संस्थाहरुको लगानी अनुसार कर्णालीले प्रतिफल पाउन नसकेको बताएका छन । कर्णालीमा कार्य क्षेत्र भएका अन्तर्राष्ट्रिय  विकास साझेदारहरुसँगको  छलफलमा आज मुख्यमन्त्री कडेलले कर्णालीलाई अन्तर्राष्ट्रिय विकास साझेदारले उच्च प्राथमिकतामा राखेपनि यहाँ भइरहेको कार्यक्रमले आशातित सफलता हासिल गर्न नसकेको बताए ।

उनले भने, ‘हाम्रा सहयोगी दातृ निकायहरुको सहयोग अनुसार जति परिवर्तनको महशुस गनुपर्ने हो, कणर्ालीका नागरिकले परिवर्तनको महशुस गर्न सकेको अवस्था म देख्दैन ।’

ख्यमन्त्री कंडेलले अन्तर्राष्ट्रिय  विकास साझेदार संस्थाहरुको विगतदेखीको लामो अनुभव रहेको चर्चा गर्दे अहिलेका नीतिले आशातित परिवर्तन हासिल गर्न नसकिए आवश्यक परे नीतिसमेत बदल्न पुर्नविचार गर्नुपर्ने धारणा राखे । जनताको जीवनस्तर माथि उठाउन सरकारको मात्र एक्लो प्रयासले संभव नहुने भन्दै मुख्यमन्त्री कडेलले विकास साझेदारलाई कणर्ालीमा काम गर्ने उपयुक्त वातावरण र सहजीकरण गर्न प्रदेश सरकारले सक्दो प्रयास गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0