कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । आगामी शुक्रबार बस्नेगरी उहाँले बैठक आह्वान गर्नुभएको हो ।

कर्णालीको समग्र विकास र समृद्धिमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुबीछ साझा धारणा बनाउन बैठक आह्वान गरिएको मुख्यमन्त्री कँडेलले जानकारी दिनुभयो ।

मुख्यमन्त्री कँडेलका अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका अध्यक्षसहित तीनजना र दलका नेता वा प्रमुख सचेतकलाई बैठकमा सहभागीताका लागि  आमन्त्रण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0