सुर्खेत ।   कर्णाली प्रदेशस्तरीय रारा कप खुला महिला र पुरुष कबड्डी प्रतियोगिताको दुवैतर्फको उपाधि सुर्खेतले जितेका छ ।
मुगुको राराताल किनारमा आज सम्पन्न भएको फाइनल खेलमा पुरुषतर्फ दैलेखलाई र महिलातर्फ सल्यानलाई पराजित गर्दै सुर्खेतले उपाधी चुमेको हो ।
पुरुषतर्फको खेलमा सुर्खेतले ४७ अंक जोड्दा दैलेख २९ अंकमै सिमित रहेको थियो । यस्तै महिलातर्फ सुर्खेतले २९ अंक जोड्दा उपविजेता बनेको सल्यानले २७ अंक जोड्यो ।
नक आउट विधीबाट खेलाईएको खेलमा पुरुषतर्फ जाजरकोट र सल्यान तृतीय हुँदा महिलातर्फ जाजरकोट र कालिकोट तृतीय बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0