सुर्खेत, २८ वैशाख : कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले प्रदेश अस्पतालले प्रवाह गर्ने सेवालाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
आज प्रदेश अस्पतालको अनुगमण तथा निरीक्षण गर्नुहुँदै उहाँले अस्पताललाई व्यवस्थित र प्रभावकारी बनाउन बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रदेशको इज्जत, प्रतिष्ठासँग जोडिएको अस्पताल बजेट अभावकै कारण सेवा प्रवाहमा समस्या हुन नदिनेमा उहाँले जोड दिनुभयो । अहिले प्रदेश अस्पतालमा कर्णालीका मात्र नभई बाहिर अन्य प्रदेशबाट पनि सेवा लिन आउने सेवाग्राहीको सङ्ख्या बढ्दै गएको जानकारी आएको भन्दै मन्त्री शाहीले सेवालाई अझ प्रभावकारी र भरोसायोग्य बनाउन अस्पताल प्रशासन र कर्मचारीलाई निर्देशनसमेत दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0