‘कर्णाली प्रदेश निजामती सेवा गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ ।

कर्णाली प्रदेशसभाको साेमबारको बैठकले उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो । बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले विधेयक प्रस्तुत गर्नुभएको थियो ।

पारित विधेयक ऐनका रुपमा कार्यान्वयनमा आएपछि कर्णाली प्रदेश निजामती सेवाको गठन, सेवामा रहने तह तथा पदको व्यवस्था, दरबन्दी सृजना, माग, पदपूर्ति, सेवा सुविधा, सरुवा, बढुवा, क्षमता अभिवृद्धि, वृत्तिविकास कानुनी रुपमा सुनिश्चित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0