![NBM_MUGU_IMG_20230923_023226](https://makalupost.com/wp-content/uploads/2023/09/NBM_MUGU_IMG_20230923_023226-696x522.jpg)
![](https://makalupost.com/wp-content/uploads/2024/07/Screenshot-2024-07-02-222004.png)
असोज ६ मुगु । मुगुको सदरमुकाम गमगढी बजारमा शुक्रबार राति आगलागी हुँदा आठ घरमा क्षति भएको छ । गमगढी बजारस्थित कालिका मालिका मन्दिरदेखि उत्तरतिर रहेको बजारमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
नेपाली सेना ,नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, नगर प्रहरी र स्थानीयवासीले आगलागी नियन्त्रणमा लिएको थापाले बताए ।
आगलागीबाट तार्के लामा, सोनाम लामा, जङ ऐडी, सान्तोना खत्री, पञ्च सेजुवाल, पिआर मल्ल , प्रदीप रावल र पुतली शाहीको घर जलेर नष्ट भएका प्रनाउ थापाले जनाए ।
आगो नियन्त्रणका लागि गमगढी बजारमा वितरण गरेको खानेपानी पाइप लाइनबाट सुरक्षाकर्मीहरुले आगो नियन्त्रण गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
![](https://www.onlinekhabar.com/wp-content/uploads/2022/10/Onliine-Khabar-Desktop-900x100-1.gif)