dxfsfnL /fhdfu{ dd{t ul/+b} a}t8L, & sflQs . a}t8Lsf] >Lsf]6 If]qdf dxfsfnL /fhdfu{ dd{t ul/+b} . sfnf]kq] ul/Psf] ;8sdf vfN8fv'N8L ePkl5 dd{t ul/g nfluPsf] xf] . t:jL/ M ljgf]b l;+x lji6, /f;;

भदौ २४, सुर्खेत
कर्णाली प्रदेशमा गएकाे तीन वर्षमा करिव ७९ किलोमिटर सडक कालोपत्रे भएको कर्णली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले एक तथ्याङक मार्फत जनाएको छ । दस जिल्लाको सडक कालोपत्रसम्बन्धी समीक्षा कार्यक्रममा ७८ किलोमिटर ९५ मिटर सडक कालोपत्र भएको मन्त्रालयले जानकारी दिएको हो ।
आर्थिक वर्ष २०७७/७८ मा ३३।०२ किलोमिटर, २०७८/७९ मा १५।९० किलोमिटर र २०७९/८० मा ३०।०३ सडक कालोपत्र भएको मन्त्रालयका सूचना अधिकारी रमेश सुवेदीले बताए । दस जिल्लामा ४३४।०१ किलोमिटर सडक ग्राभेल गरिएको सुवेदीले जानकारी दिए ।
आव २०७७/७८ मा २००।६ किलोमिटर, २०७८/७९ मा ११३।१० किलोमिटर र आव २०७९/८० मा १२०।३ गरी जम्मा ४३४।०१ किलोमिटर सडक ग्राभेल भएको थियो । त्यस्तै आव २०७७/७८ मा १२११।८७ किलोमिटर, २०७८/७९ मा ५८९।१३ किलोमिटर र २०७९/८० मा ६२३।१ किलोमिटर गरी दुई हजार ४२४।११ किलोमिटर कच्ची सडक कटान गरिएको उनले जनाए । सडकको स्तरोन्नति र नाला निर्माणको कामसमेत भएको छ । आव २०७७/७८ मा ४५।६५ किलोमिटर, आर्थिक वर्ष २०७८/७९ मा ४१।३८ किलोमिटर र आव २०७९/८० मा १२९।२५ गरी जम्मा २१६।२८ किलोमिटर स्तरोन्नति र नाला निर्माण भएको सुवेदिले बताए ।
चालु आर्थिक वर्षमा सुर्खेतले १५।९५ किलोमिटर, दैलेखले पाँच किलोमिटर ९९ मिटर, जुम्लामा दुई किलोमिटर , सल्यानमा दुई किलोमिटर, रुकुम पश्चिममा तीन किलोमिटर सडक कालोपत्र गरेको भएपनी मुगु ,हुम्ला र डोल्पा जिल्लामा सडक कालोपत्र नभएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0