सुरेन्द्र आचार्य
१६ भाद्र, सुर्खेत । कर्णाली प्रदेश सरकारले अब देखि सूचना प्रबिधि (आई टी) को क्षेत्रमा क्रान्ति ल्याउने बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा शनिबार कम्प्यूटर एसोशिएन नेपाल क्यान महासंघ सुर्खेत शाखाले आयोजना गरेको आईटी शिक्षा र क्यारियर योजना कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले यस्ताे बताएका हुन् ।
सिंहले शिक्षाको गुणस्तरको कुरा महत्वपूर्ण रहेकोले राज्यले त्यसमा लगानी गर्ने जानकारी दिए । शिक्षामा राज्यले लगानी गर्छ तर त्यसको परिणाम कम आउँछ भन्ने जनगुनासो रहेकोले अब सबै लगानीहरुलाई व्यवस्थित गर्नुपर्छ भन्ने सरकारको निती रहेको उनले बताए ।
उनले कर्णाली समृद्धि अभियान कार्यक्रम ल्याएको त्यस कार्यक्रमले कर्णालीको उद्यमशिलता, उत्पादन, यूवाहरुलाई रोजगारिता मार्फत बर्षमा न्यूनतम् १० हजार यूवाहरुलाई स्वरोजगार बनाउने महत्वकाङ्छी आयोजनाकोरुपमा ल्याएको जस्मा करिव डेड अर्ब रुपैया छुट्याएको त्यो रकम कम भएकोले अरु डेड अर्व रुपैया व्यवस्था गर्न लागेको र यो हामीले ७९ वटा पालिकामा रहेका ७ सय १८ वटा वडा लक्षित गरेर ज्ञान शिप प्राप्त गरेका यूवाहरुलाई गन्तव्यमा पुर्याउनकालागि राज्यको तर्फबाट सहयोग गर्ने कार्यक्रम भएकोले यस्कोलागि पनि कार्यविधी र ऐन बन्दै गरेको जानकारी दिए ।
हामीले कर्णाली समृद्धि अभियान कार्यक्रम ल्याएका छौं त्यस कार्यक्रमले कर्णालीको उद्यमशिलता, उत्पादन, यूवाहरुलाई रोजगारिता मार्फत बर्षमा न्यूनतम् १० हजार यूवाहरुलाई स्वरोजगार बनाउने महत्वकाङ्छी आयोजनाकोरुपमा ल्याएको जस्मा करिव डेड अर्ब रुपैया छुट्याएको त्यो रकम कम भएकोले अरु डेड अर्व रुपैया व्यवस्था गर्न लागेको र यो हामीले ७९ वटा पालिकामा रहेका ७ सय १८ वटा वडा लक्षित गरेर ज्ञान शिप प्राप्त गरेका यूवाहरुलाई गन्तव्यमा पुर्याउनकालागि राज्यको तर्फबाट सहयोग गर्ने कार्यक्रम भएकोले यस्कोलागि पनि कार्यविधी र ऐन बन्दै गरेको जनाए ।
मन्त्री सिंहले कर्णाली उत्पादन बढाउनकालागि कृषिमा क्रान्ति गर्नकालागि कृषकहरुलाई कर्णाली सरकारले व्याजमा अनुदान ल्याएको बताउनुभयो । कर्णालीका कृषि उद्यमीहरुले कृषिको क्षेत्रमा लगानी गर्न लिएको व्याज सरकारले तिर्ने योजना ल्याएको मन्त्री सिंहले जानकारी दिए । कार्यक्रम अघिल्लो बर्षको कार्यक्रमलाई निरन्तरता दिएकाे उनले बताए ।
कार्यक्रममा लुम्विनी प्राविधिक विश्वविद्यालयका रजिष्टार रेग भन्डारी, नगर क्षिक्षा प्रमुख धिरेन्द्र शर्माले आआफ्नो भनाई राखेका थिए । क्यान कर्णाली प्रदेशका अध्यक्ष प्रेम प्रकाश चन्दले स्वागत गरेको कार्यक्रमको सहजीकरण क्यान सुर्खेतका सचिव उपेन्द्र मल्लले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0