भदौ १४, सुर्खेत । खाना पकाउने ग्याँसको मूल्य आकासिएकाे छ । इन्धनकाे मूल्य बढेसंगै खाना पकाउने ग्याँसकाे मूल्य बढेर प्रित सिलिण्डर १,८९५ रूपैंया कायम भएकाे नेपाल आयल निगम लिमिटेडले जनाएकाे छ । बिहीबार राती १२ः०० बजेबाट लागुहुने नयाँ मुूल्य सुची निर्धारण गरिएकाे निगमले जनाएको छ ।
इण्डियन अनयल कपोरेशनबाट इन्धनको मुल्य बढेर आएको हुनाले बिहीबार बसेको बैठकको निर्णग अनुसार मूल्य बढाइएको निगमले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।
पेट्रोलियम पर्दाथ तथा ग्याँसको स्वचालित मूल्य प्रणली भन्दा पेट्रोलमा प्रति लिटर ४, मट्टितेलमा प्रति लिटर ३ र खाना पकाउने ग्याँसमा प्रति सिलिण्डर २३५ रुपैंयाले बढाएको निगमले विज्ञप्तीमा उल्लेख गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0