साउन २१, जाजरकाेट । निरन्तरकाे वर्षाका कारण भेरी नदीमा पानीको बहाव बढ्न थालेकाे छ । नदीमा पानीकाे बहाव बढ्न थाले पछि तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेकाे छ । 
रत्न राजमार्गको भेरी पुलमा रहेको बाढी मापकका अनुसार नदीमा बहाव बढ्दो क्रममा रहेकाले आवश्यक सर्तकता अपनाउन महाशाखाले अनुराेध गरेको हो । अहिले भेरी नदीमा पानीको बहाव सात दशमलव ६९ मिटर पुगेकाे महाशाखाले जनाएकाे छ । भेरी नदीमा सात मिटर पानी आएमा चेतावनी र आठ मिटर पुगे खतरा मानिन्छ । 
अझै पानीको बहाव बढिरहेकाले भेरी पुलदेखि तल्लो तटिय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ ।
नदीको तल्लो तटिय क्षेत्रमा रानीघाट, पाग्म, चेपाङ, तिखाकुना लगायतका बस्ती रहेका छन् । स्थानीय प्रशासनले पालिकाको समन्वयमा ती क्षेत्रका नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0