सुरेन्द्र आचार्य
साउन २०, सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिकाका अध्यक्ष विकले शनिबार स्थानीयलाइ टिप्परमा राखेर स्थानीयलाइ वीरेन्द्रनगर ल्याए । निःशुल्क यात्राको ब्यानर टाँसेर चौकुनेबाट प्रदेश राजधानी सुर्खेतकाे वीरेन्द्रनगरसम्म नागरिकलाई ल्याएका हुन ।
सुर्खेतस्थित संयुक्त यातायात व्यावसायीले ४२ दिनसम्म गाडि सञ्चालन नगर्दा स्थानीयबासीलाइ टिप्परमा नै ल्याउनु पर्ने बाध्यता भएकाे अध्यक्ष विकले बताए ।

यातायात सञ्चालन नहुँदा नागरिकलाई सास्ति भएपछि अर्को ब्यवस्था नहुने बेलासम्म पालिकाकै खर्चमा सोही पालिकाको टिप्परमा नागरिकलाई सेवादिने गाउँपालिका अध्यक्ष खड्क विकले जानकारी दिए ।
बाटो राम्रो छ, बिग्रेको ठाउँमा पनि पालीका आफैले मर्मत गरिदिने भन्दा पनि यातायात व्यवसायीले बेवास्ता गरेको चाकुने गाउँपालिकाका अध्यक्ष खड्क विक ‘बासपाने’ ले गुनासो गरे ।

उनले भने, ‘बिरामी, गर्भवती र जेष्ठ नागरिकलाई सास्ति भएपछि सेवा दिन थालेका हौं ।’ टिप्परमा जानरिकलाई यात्रा गराउनु रहर नभएर बाध्यता भएको विकले बताए ।
शनिबार अध्यक्ष विक सहित तिनवटा वडा अध्यक्ष र ६० जना यात्रु दुईवटा टिप्परमा राजधानी सुर्खेतमा आएका थिए । आइतबारबाट थप दुईवटा टिप्पर दैनिक सञ्चालन हुने जनाए । अब केहि समयमा पालिकालेनै गाडि खरिद गर्ने तयारी भएको जनाए
यसैगरी, गुठु बजार ब्यवस्थापन समिति का अध्यक्ष मान बहादुर श्रेष्ठले स्थानिय र पालिकाले बिग्रेको सडक बनाउँदा पनि सडकमै वाहाना बनाएर ब्यवसायीक उम्किँदा नागरिकलाई सास्ती भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0