सुरेन्द्र आचार्य
साउन २०, काठमाडाैँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी) ले विभिन्न विषयको लागि शनिबारबाट सञ्चालन गर्न लागेको प्रवेश परीक्षा अन्तिम समयमा आएर शुक्रबार स्थगित सूचना जारी गरी स्थगित स्थगीत भएकाे जनाएकाे छ ।
चिकित्सा शिक्षा आयोग र सिटिइभिटीबीच चिकित्सा शिक्षा ऐन कार्यान्वयनको विषयमा विवाद बढेपछि सिटिइभीटीले परीक्षा स्थगित भएकाे सुचना मार्फत जानकारी दिएकाे थियाे ।
स्थगित गरेको उक्त परीक्षा आगामी भदौ २ र ६ गते परीक्षा सञ्चालन हुने सिटिइभिटीका परीक्षा नियन्त्रक प्रमोदभक्त आचार्यले जानकारी दिए ।
आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरी र सिटीइभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीको उपस्थितिमा सिटीइभीटीको प्रवेश परीक्षा सञ्चालनका विषयमा छलफल गर्न शिक्षा मन्त्रालयमा बुधबार र बिहीबार बैठक बसेको थियो ।
बैठकमा शिक्षामन्त्री अशोककुमार राई र शिक्षा सचिव सुरेश अधिकारीले दुई संस्थाबीच आपसमा समन्वय गरेर अघि बढ्न निर्देशन दिएपछि सोही अनुरुप आगामी १५ दिनभित्र सहमति एवं समन्वय गरेर सञ्चालन गर्ने गरी हाललाई परीक्षा स्थगित गरेको बताइएको छ ।
सिटिइभीटीले विगतका वर्षमा जस्तै प्रमाणपत्र तहका नर्सिङ, फार्मेसी, ल्याब असिष्टेण्ड, डेन्टल हाइजेनिष्टलगायत स्वास्थ्यसँग सम्बन्धित विभिन्न विषयको अध्ययन गर्ने संस्थालाई सम्बन्धन दिने, सिट निर्धारण गर्ने, भर्ना आह्वान गर्ने, परीक्षा सञ्चालन गर्ने, परीक्षाफल सार्वजनिक गर्ने लगायतका कार्य गर्दै आइरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0