एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तान ‘ए’ टोलीले जितेको छ ।
हिजो भएको फाइनल खेलमा मा भारत ‘ए’ लाई १ सय २८ रनले पराजित गर्दै पाकिस्तानले उपाधी जितेको हो ।

जितका लागि ३ सय ५३ रनको लक्ष्य पछ्याएको भारत ४० ओभरमा सबै विकेट गुमाएर २ सय २४ रनमा अलआउट भयो । भारतका लागी अभिषेक शर्माले सर्वाधिक ६१ रन बनाउँदा कप्तान यश धुलले ३९ रन बनाए ।
पाकिस्तानका सुफियान मुकिमले सर्वाधिक ३ विकेट लिए ।यस्तै,अर्शद इकबाल, मोहम्मद वासिम जुनियर र मेहरान मुमताजले समान दुई विकेट लिए।
त्यसअघि कोलम्बोमा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ५२ रन बनाएको थियो ।

पाकिस्तानका लागी तयाब ताहिरले १ सय ८ रनको शतकीय पारी खेले । शहिबजादा फहरानले ६५ तथा सैइम अयुबले ५९ रन जोडे । भारतका राजवर्द्धन हगांगेकार र रियान परागले समान दुई विकेट लिए । हर्षित राना, मानव सुथार र निशान्त सिन्धुले समान एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0