साउन ०६, सुर्खेत ।
नेपाल विद्युत प्राधिकरणद्वारा प्रस्तावित झुप्रा सहयोग विद्युत आयोजना प्रारम्भिक प्रतिवेदन तयारीको सिलसिलामा सार्वजनिक सुनावाई सम्पन्न भएको छ ।
शनिबार नेपाल राष्ट्रिय माध्यमिक विद्यालय चुनिया पानी १० स्थित विद्यायलको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल विद्युत प्राधिकरण, वातावरण तथा सामाजिक अध्ययन विभागको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले आयोजना निर्माण गर्दा स्थानीय जनप्रतिनिधि तथा सरकारवालाहरुबाट साथ सहयोग हुने बताउनुभयो ।
साथै शिक्षा, स्वास्थ्य, रोजगारी र भरपर्दो विद्युत सेवा उपलब्ध गराउन विशेष प्राथमिता दिनुपर्ने उहाँले बताउनुभयो ।
लेकबेशी नगरपालिका १० नम्बर वडाका अध्यक्ष पशुराम भण्डारीलगायत स्थानीयबासी तथा सरोकारवालाहरुको उपस्थिति थियो ।
कार्यक्रममा अन्य वक्ताहरुले धारणा तथा राय सुझाव राख्नुभएको थियो ।
कार्यक्रमा नेपाल विद्युत प्राधिकरण काठमाडौँबाट आउनुभएका आयोजना प्रमुख प्रकाश रावत र प्रबन्धक मिलन दाहाल स्थानीय तथा जनप्रतिनिधिसँग आयोजनाका प्राविधिक तथा वातवरणीय पक्षका बारेमा जानकारी दिनुभयो ।
आयोजनाको जडित क्षमता दुई मेगावाट र वार्षिक करिब ३८लाख युनिट उत्पादन हुने बताइएको छ ।
आयोजनाबाट उत्पादित विद्युत वीरेन्द्रनगर स्थित ३३ केभी सबस्टेशनमा जोडी त्यहाँबाट सुर्खेत जिल्लामा वितरण हुनेछ । नेपाल विद्युत प्राधिकरणले हाल बन्द रहेको झुप्रा खोला साना जलविद्युत आयोजनाको पावर हावस क्षेत्रमा खाली रहको जमिनलाई सदुपयोग गर्दै सौर्य विद्युत आयोजना निर्माण गर्न लागेको हो ।
हाल नेपाल सरकारको दश प्रतिशत विद्युत उत्पादन सौर्य उर्जाबाट गर्ने नीति अनुरुप प्राधिकरणले देशैभरि विभिन्न सोलार आयोजनाहरुको निमार्ण कार्य अगाडि बढाएको छ ।
झुप्रा सोलार आयोजनाको कुल अनुमानित लागत रु. ५३ करोड रहेको छ ।
जर्मन सरकारको अनुदान सहयोगमा यस आयोजना अघि बढाउन लागिएको हो ।
यसै आर्थिक वर्षबाट आयोजनाको ठेक्कापट्टा भई निमार्ण कार्य सुरु गर्ने लक्ष्य रहेको छ ।
निर्माण कार्य सुरु भएको मितिले १२ महिनाभित्र आयोजना सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य समेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0