श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ‘ए’ सँग नेपाल पराजित भएको छ । पाकिस्तानको ए टिमले नेपाललाई ४ विकेटले हराएको हो । नेपालले दिएको १ सय ८० रनको लक्ष्य पाकिस्तान ‘ए’ ले ३२ ओभर पाँच बलमा ६ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तान ‘ए’ का लागि तैयव ताहिरले ५१ रन बनाए ।

नेपालका लागि ललित राजवंशीले ३, पवन सर्राफले २ र कुशल मल्लले १ विकेट लिए ।
यसअघि कोलम्बो क्रिकेट क्लबको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका प्रमुख ब्याटरहरुले सन्तोषजनक प्रदर्शन गर्न सकेनन ।

नेपाल ३७ ओभरमा अलआउट हुँदै १ सय ७९ रनमै समेटिएको थियो ।
अर्जुन साउद र कुशल मल्लले समान १७/१७ रन बनाउँदा गुलसन झाले १३ र ओपनर आसिफ शेख १२ रन बनाए ।
सोमपाल कामीले ७५ रन बनाएर नेपाललाई केही मध्यम स्थितिमा पुराए । तर अरु नेपाली ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
पाकिस्तान ‘ए’ का लागि शाहनवाज दहानीले ५ तथा मोहम्मद वासिम जुनियरले ४ विकेट लिए । मुबासिर खानले १ विकेट लिए ।
नेपालले दोस्रो खेलमा सोमवार भारत ‘ए’ सँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेलमा बुधवार यूएई ‘ए’ सँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0