सुरेन्द्र आचार्य ।
सुर्खेत । महालक्ष्मी विकास बैंक शाखा वीरेन्द्रनगर सुर्खेतले धान दिवसको अवसर पारेर मानव सेवा आश्रममा शुक्रबार खाद्यान्न तथा अन्य सामग्री सहयोग गरेको छ ।
बैङ्ककोे संस्थागत सामाजिक उत्तरदायित्व बहन (सीएसआर) कार्यक्रम अन्तर्गत आश्रममा खाद्यन्नका साथै अन्य दैनिक उपभोग्य सामग्री सहयोग गरिएको शाखा इन्चार्ज मदन कोइरालाले बताए ।
आश्रममा खाद्यान्नलगायत अन्य सामग्रीको अभाव भएकाले ९० हजार बराबरको सामग्री सहयोग गरेको उनले बताए । बैंकले अन्य क्षेत्रमा पनि विगतदेखि नै विभिन्न समाज सेवाका काम गर्दै आइरहेको उनको भनाइ छ ।
अहिले सो आश्रममा ९० जना भन्दाबढि आश्रित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0