जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपाल बलियो टोली वेस्ट इन्डिजसँग पराजित भएको छ ।
वेस्ट इन्डिजसँग नेपालले १ सय १ रनको फराकिलो हार बेहोरेको हो ।

वेस्ट इन्डिजले दिएको ३ सय ४० रनको बिशाल लक्ष्य पछ्याएको नेपाल ४९ दशमलब ४ ओभरमा २ सय ३८ रन बनाउदा अलआउट भएको हो ।

नेपालका लागि आरिफ शेखले ६३ रनको अर्धशतकीय ईनिङ खेले । भीम सार्की २ रनमै आउट हुँदा गुलसन झाले ४२,कप्तान रोहित पौडेलले ३० तथा आसिफ शेख र करण केसीले समान २८ रन बनाए । 

वेस्ट इन्डिजका लागि जेसन होल्डरले ३ तथा अल्जारी जोसेफ, किमो पल र अकिल होसेनले समान २/२ विकेट लिए । यस्तै कायल मेयर्सले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३९ रन बनाएको थियो । 

वेस्ट इन्डिजका लागि शाई होप र निकोलस पुरनले शतकीय ईनिङ खेले । कप्तान शाई होपले १ सय ३२ रन र निकोलस पुरनले १ सय १५ रन बनाए । ब्रान्डन किंगले ३२ र रोभमन पावलले २९ रन बनाए ।

नेपालका लागि ललितनारायण राजवंशीले ३ तथा करण केसी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र गुलसन झाले समान १/१ विकेट लिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0