आजबाट वीरेन्द्रनगरमा नगर माइक्रो बस सञ्चालन भएकाे छ । वीरेन्द्रनगर नगरपालिकाकाे समन्वय र निजी क्षेत्रको पहलमा आजबाट वीरेन्द्रनगरमा नगर माइक्रो बस सञ्चालन भएकाे हो ।

वीरेन्द्रनगर प्रमुख मोहनमाया ढकालले आज नगर बसमा चढेर उद्घाटन गरेकी हुन् ।

नगर प्रमुख ढकालले नगरवासीकालागि बस सेवा आरम्भ गरेकोमा खुसी व्यक्त गरिन् । उनले नागरिकहरूको आवश्यकताअनुसार नगर माइक्रो सेवाले सुरक्षित र भरपर्दो सेवा प्रदान गर्नेमा विश्वस्त रहेको बताइन्।

यात्रुहरूलाई सहज सेवा दिन र सहुसलयत भाडादर २० रुपियाँ कायम गरिएको सुर्खेत काँक्रेविहार यातायात प्रा.लि.का अध्यक्ष रमेश सापकोटाले बताए । धुलियाविटदेखि बाँगेसीमल पुग्दा पनि भाडा २० रुपियाँ नै कायम गरिएको उनकाे भनाइ छ । बाँकी एक चोकबाट अर्को चोकसम्म पुग्न पनि भाडादर २० रुपियाँ नै कायम गरिएको अध्यक्ष सापकाेटाले जानकारी दिए ।

नगरवासीले यातायातको समस्या धेरै भोगनु परेको बताउँदै र नगरले साे समस्या समाधान गर्न नसक्दा निजि क्षेत्रका ब्यवसायीहरु एक भइ बस सञ्चालनमा ल्याएकाे उनले बताए ।

नगर बस नगर क्षेत्रका भित्री सडकहरू धुलियाविट–मंगलगढी–मूलपानी–प्रदेश अस्पताल–कुमाइचोक भएर हिलेखाली चोकबाट बाँगेसिमल र हुँदै पुन् सोही रुट भएर गाडीहरू सञ्चालन हुनेछन् ।

सँयुक्त यातायात ब्यबस्थापन कर्णाली प्रदेश सुर्खेतले नगरपालिका भित्र १० ओटा गाडी सचालनमा ल्याउने भएको छ ।

नगर बस नहुँदा अटो रिक्साले मनलाग्दी भाडा असुल्ने गरेको भन्दै चर्को विरोध हुँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0