साबिक विजेता गुजरात टाईटन्स र चारपटकको विजेता चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग(आइपीएल) को उपाधीका लागि आज (आइतबार) खेल्दै छन् ।

फाइनल खेल गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट मैदानमा नेपाली समयअनुसार साँझ पौने ८ बजेवाट सुरु हुनेछ ।

साबिक विजेता गुजरात चेन्नईलाई पराजित गर्दै लगातार दोस्रो पटक च्याम्पियन बन्ने सोचमा रहेको छ । यस्तै चेन्नई पाचौं पटक आइपीएलको उपाधी हात पार्न चाहन्छ ।

पहिलो क्वालिफायरमा गुजरात चेन्नईसँग पराजित भएको थियो । तर दोश्रो फाइनल प्रवेशका लागि पाएको दोस्रो मौकामा गुजरातले मुम्बई इन्डियन्सलाई पराजित गरि फाइनलमा स्थान बनाएको हो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0