काठमाडौंमा आजबाट सुरु भएको एसीसी प्रिमियर कपमा नेपालले सानदार सुरुआत गरेको छ । 
प्रतियोगिताको पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । 

मलेसियाले दिएको २ सय ३६ रनको लक्ष्य नेपालले ३६ दशमलब २ ओभरमा मात्रै ४ विकेट गुमाएर पूरा गरेको थियो । 

नेपालका लागि कुशल मल्लले ७० र भिम सार्कीले ७१ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । 
यस्तै,कप्तान रोहितकुमार पौडेलले ४२ तथा कुशल भुर्तेलले ३८ रन बनाए । 

मलेसियाका लागि विजय उन्नी,विरनदिप सिंह,मोहम्मद वाफिक र रिजवान हैदरले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो । 

मलेसियाका लागि अहमद फैजले सर्वाधिक ७६ रनको योगदान दिए ।
विरन्दिप सिंहले ४६ रन बनाउँदा ओपनर मोहम्मद अमिर १७ रनमा आउट भए ।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३/३ विकेट लिए । ललित नारायण राजवंसी २ तथा गुल्सन झाले १ विकेट लिए ।
आफ्नो दोश्रो खेल नेपालको वैशाख आठ गते ओमानविरुद्ध खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0