इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटान्सले पहिलो हार बेहोरेको छ ।
गुजरात काेलकाता नाइट राइडर्ससँग ३ विकेटले पराजित भएको हो ।

गुजरातले दिएकाे २ सय ५ रनकाे विशाल लक्ष्य काेलकाताले अन्तिम बलमा ७ विकेट गुमाएर भेटायाे ।
काेलकाताका लागि वेङ्कटेश अयरले ८३ र रिंकू सिंहले नटआउट ४८ रन बनाए । अन्तिम ओभरमा जितका लागि २९ रन चाहिएकाेमा रिंकू सिंहले लगातार ५ छक्का प्रहार गर्दै टाेलीलाई जिताएका हुन । गुजरातका राशिद खानले ह्याट्रिकसहित ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे गुजरातले पूरा ओभरमा ४ विकेट गुमाएर २ सय ४ रन बनाएको थियो । गुजरातका लागि विजय शङ्करले नटआउट ६३ र साई सुदर्शनले ५३ रन बनाए । काेलकाताका सुनिल नरायनले ३ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0