ईन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले दोस्रो जित हात पारेको छ।दोस्रो जित निकाल्ने क्रममा राजस्थानले दिल्ली क्यापिटल्सलाई ५७ रनले हराएको हो । 

शनिबार राजस्थानले दिएको २ सय रनको लक्ष्य पछ्याएको दिल्ली पूरा ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ४२ रनमै समेटियो ।

दिल्लीका लागि कप्तान तथा ओपनर डेविड वार्नरले ६५ रनको अर्धशतकीय ईनिङ खेल्दा ललित यादवले ३८ रन बनाए । 

राजस्थानका लागि ट्रेन्ट बोल्ड र युजभेन्द्र चहलले समान ३/३ विकेट लिए । 

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले पूरा ओभरमा ४ विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो ।

राजस्थानका लागि ओपनर जोस बटलरले ७९ रनको अर्धशतकीय ईनिङ खेले । 
अर्का ओपनर यसस्वी जैसवालले ६० रनको अर्धशतकीय ईनिङ खेले । 
यस्तै, शिमरन हिटमायरले अविजित ३९ रन बनाए ।

दिल्लीका लागि मुकेश कुमारले २ तथा रोभमन पावेल र कुलदिप यादवले समान १/१ विकेट लिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0