सुर्खेत । दैलेखकाे गुराँस गाउँपालिका ४, तालपाेखरीमा ट्रक दुर्घटना हुँदा तीन जनाकाे मृत्यु भएकाे छ । बाँकेकाे नेपालगञ्जबाट दैलेख जाँदै गरेकाे भे १ ख २२०१ नम्बरको ट्रक बुधबार बिहान ८ः४० बजेदुर्घटना हुँदा कामदार र चालक गरी तीन जनाएको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक(डिएसपी)किसोर लम्सालले जानकारी दिनुभयाे  । 

डिएसपी लम्सालका अनुसार चालक  चाैधरी, कामदार विष्णु चाैधरी र लक्षिराम चाैधरीकाे मृत्यु भएकाे छ । सह- चालक प्रकाश कुमाइ घाइते भएकाे उहाँले बताउनुभयाे ।  मनकामना ग्याँस बोकेको ट्रक सडकबाट अन्दाजी १५० मिटर तल खसेको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0