सुर्खेत । सुर्खेत बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनमा एमाले निकट अनेरास्वियुले बाजि मारेको छ ।
गएराती सम्पन्न भएको मतगणनामा पुरै प्यानलसहित अनेरास्ववियु विजयी भएको हो ।
स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवार अक्कलबहादुर सिजापतीले आफ्ना प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार हिक्मत शाहीलाई ४७९ काे मतान्तरले पराजित गरेका छन ।
सिजापतिले ९ सय ६७ मत प्राप्त गर्दा गठबन्धनका प्रतिस्पर्धी शाहीले ४८८ मत प्राप्त गरे ।
त्यस्तै सचिवमा अनेरास्वियुकै भवानी ढकाल र कोषाध्यक्षमा ललित राना विजयी भएका छन् ।
यस्तै सदस्यहरूमा भरत शाही,राधा रिजाल,गगन आले,जुद्द रोकाय,दिपेन्द्र शाही , महेन्द्र खड्का,निरा जैशी,अशोक बराल विजयी भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0