आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत नेपालले पपुवा न्युगिनी(पिएनजी) विरुद्धको खेलमा शानदार जित निकालेको छ ।
नेपालले पपुवा न्युगिनीविरुद्धको खेल नौ विकेटले जितेको छ ।

पपुवा न्युगिनीले नेपाललाई जितका लागि ९६ रनको सामान्य लक्ष्य दिएको थियो ।
उक्त लक्ष्य नेपालले सात दशमलव चार ओभरमा एक विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि कुशल भुर्तेलले ३३ रन, आशिफ शेखले अविजित ५३ रन र कुशल मल्लले अविजित १२ रनको योगदान दिए ।बलिङतर्फ पपुवा न्युगिनीका चाड सोपरले एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३२ ओभर खेल्दै सबै विकेट गुमाएर मात्र ९५ रन बनायो ।पीएनजीलाई सस्तै रनमा समेट्न नेपाली बलरले शानदार बलिङ गरेका थिए ।
खेलको प्लेयर अफ द म्याच घोषित भएका नेपालका सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिए ।
यस्तै ललितनारायण राजवंशी र कुशल मल्लले दुई तथा सोमपाल कामीले एक विकेट लिए । नेपालले जारी शृङ्खलामा अब आफ्नो अन्तिम खेलमा बिहीबार युनाइटेड अरब इमिरेट्स (युएई) सित खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0