शहीद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युथ क्लबको लगातार तीन खेलको अपराजित यात्रा रोकिएको छ ।
सोमबार दशरथ रंगशालामा भएको खेलमा सातदोबाटो थ्री स्टार क्लबसँग १-० ले पराजित भएको हो ।
थ्री स्टारको जितमा आदित्य शाक्यले खेलको अन्त्यतिर गोल गरेका हुन ।

आजको जितसँगै जारी लिगमा थ्रीस्टारले दोस्रो जित निकालेको छ ।
थ्रीस्टार चार खेलबाट ७ अंक जोड्दै लिगको चौथो स्थानमा उक्लेको छ ।
पहिलो हार बेहोरेको सातदोबाटो भने ९ अंकसहित दोश्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0