कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले रङको पर्व होलीले समस्त नेपालीमा उमङ्ग थपोस् भन्ने शुभकामना दिनुभएको छ ।
मुख्यमन्त्री शर्माले ‘फागुपूर्णिमा (होली) पर्व, २०७९’ का अवसरमा आज एक सन्देश जारी गर्दै यस अवसरमा देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
मानव स्वास्थ्यलाई ध्यान दिइ अनुशासित एवं सभ्य भएर हर्षोल्लाससाथ होली मनाउन सबै नेपालीलाई उहाँले आग्रह गर्नुभएको छ ।
हिमालदेखि तराईसम्म हर्षभावका साथ मनाइने होलीले हामीबीच भएका असमझदारी र तीक्ततालाई समाप्त पारी सद्भाव कायम गर्न सबैमा प्रेरणा मिल्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0