आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गतको आजको खेलमा नेपाल विजयी भएको छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएकाे खेलमा नेपालले यूएईलाई ४२ रनले हराएको हो ।

नेपालले दिएकाे २ सय ३० रनकाे लक्ष्य पछ्याएकाे यूएई ४५ ओभरमा १ सय ८७ रनमै अलआउट भएको थियो । युएईको लागि आसिफ खानले ८२,आर्यन लाक्राले ५० र वृत्य अरविन्दले १३ रन बनाए । त्यसबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

युएईलाई १८७ रनमा समेट्ने क्रममा नेपालका दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले समान ३/३ विकेट तथा आरिफ शेख, करण केसी र सन्दीप लामिछानेले समान १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले पुरा ओभर खेल्दै ८ विकेटको क्षतिमा २२९ रनको योगफल बनाएको थियो ।
नेपालका लागि भीम सार्कीले सर्वाधिक ७० रनको योगदान दिए । आरिफ शेखले अविजित ४३ रन बनाउँदा कुशल मल्ल ३२ रनमा आउट भए । त्यस्तै सन्दीप लामिछानेले २७ तथा करण केसीले १७ रन बनाए । युएईका लागि जुनेद सिद्धिकीले ३ विकेट लिए भने आर्यन लाक्रा र रोहन मुस्ताफाले समान २/२ विकेट लिए ।
आजको जितसँगै नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अङ्कका साथ लिग तालिकाको पाँचाँै स्थानमा उक्लेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0