आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले पपुवा न्युगिनीलाई तीन विकेटले पराजित गरेको छ ।
पपुवा न्युगिनीले जितका लागि दिएको एक सय ८० रनको लक्ष्य नेपालले ४८ ओभरमा सात विकेट गुमाउँदै पुरा ग¥यो ।

नेपालको जितमा आसिफ शेखले सर्वाधिक अविजित ८६ रनको योगदान दिए ।
त्यसैगरी लेग स्पिनर बलर सन्दीप लामिछानेले आफ्नो एकदिवसीय क्रीकेटमा करिअरकै उत्कृष्ट ब्याटिङ गर्दै अविजित ३५ रन जोडे ।
कुशल मल्लले २३ रन बनाए भने अन्य नेपाली खेलाडीले दोहोरो रन छुन सकेनन ।

पपुवा न्युगिनीका कप्तान असाद भाला, सेमो कमिया र सेसे बाउले समान २/२ विकेट लिए ।

त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको पपुवा न्युगिनीले ४९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १७९ रनको योगफल बनाएको थियो ।

पपुवा न्युगिनीका लागि टोनी उराले सर्वाधिक ३९ रनको योगदान दिए । त्यस्तै हिरी हिरी २९ रनमा आउट हुँदा किप्लीन डोरीगाले २६ रन बनाए । गौडी टोकाले १५ रन बनाए भने नर्मन भानुवाले १४ रन बनाए । सेसे बाउ र कप्तान असद भालाले समान ११/११ बनाए ।

नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २/२ विकेट लिए भने कुशल मल्ल, सन्दीप लामिछाने र करण केसीले समान १/१ विकेट झारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0