नेपालले आफ्नो एकदिवसीय क्रिकेटको ईतिहासमा पहिलो पटक लगातार चार खेल जितेको छ ।

आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय सिरिजअन्तर्गतको अन्तिम खेलमा आज नेपालले स्कटल्याण्डलाई हराएको हो ।

टियु क्रिकेट मैदानमा भएको खेलमा स्कटल्याण्डलाई २ विकेटले हराउँदै नेपालले सिरिजमा क्लिन स्विप गरेको हो ।

स्कटल्याण्डले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाएर पूरा गर्यो ।

नेपाललाई जित दिलाउन  कप्तान रोहित पौडेलले अविजित ९५ रनको अर्धशतकीय ईनिङ खेले ।करण केसीले अविजित ३१ रन बनाए । 

ज्ञानेन्द्र मल्ल २१ रनमा आउट हुँदा कुशल मल्लले १७,आसिफ शेखले १२ तथा सन्दीप लामिछानेले ९ रन बनाए ।
ओपनर कुशल भुर्तेल १ रनमा आउट हुँदा सन्दीप जोराले १ रन बनाए । दीपेन्द्र सिंह ऐरीले ७ तथा सोमपाल कामीले २ रन बनाए । 

स्कटल्याण्डका लागि मार्क वाटले ३ तथा क्रिस ग्रेभ्सले २ विकेट लिए । सफियान सरिफ, माइकल लिस्क र ब्रेण्डन म्याकमुलनले समान १/१ विकेट लिए । 

त्यसअघि  टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६ ओभर १ बलमा अलआउट हुँदै २ सय १२ रन बनाएको थियो ।

स्कटल्याण्डका लागि जर्ज मुन्शेले ६० रनको अर्धशतकीय ईनिङ खेले ।
म्याथ्यु क्रसले ४२ रन बनाउँदा ब्राण्डन म्याकमुलनले ३१ रन बनाए । क्रिस्टोफर म्याकब्रिड र कायल कोट्जरले समान २२/२२ रन बनाए । उसका लागि अन्य खेलाडी दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ४५ रन खर्चिएर ४ विकेट लिए । करण केसीको नाममा ३ विकेट रहँदा कुशल मल्ल र ललित नारायण राजवंशीले समान १/१ विकेट लिए ।

स्कटल्याण्डलाई पराजित गरेको नेपालले आफ्नो एकदिवसीय क्रिकेटको ईतिहासमा पहिलो पटक लगातार चार खेल जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0