एजेन्सी – फ्रेन्च लिग वानमा पिएसजीले रोमाञ्चक जित दर्ता गरेको छ ।
घरेलु मैदानमा गयराती लिलविरुद्ध भएको खेलमा पिएसजी ४-३ ले विजयी भएको हो ।
पिएसजीको जितमा केलियन एमबाप्पे, लियोनेल मेस्सी र नेयमार तिनैजनाले गोल गरेका थिए । लिलका बाफोड डियाकिट, जोनाथन डाभिड र जोनाथन बाम्वाले गोल फर्काए ।
खेलको ११ र १७ औं मिनेटमा एमबाप्पेले गोल गरेपछि पिएसजीले अग्रता लिएको थियो ।
२४औं मिनेटमा बाफोड डियाकिटले गोल गर्दै खेललाई पहिलो हाफमा २–१ को स्थितिमा ल्याए ।
५८औं मिनेटमा जोनाथन डाभिडले पेनाल्टीमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।
खेलको ६९ औं मिनेटमा जोनाथन बाबाले गोल गर्दै लिललाई ३-२ को अग्रता दिलाए ।
तर, खेलको ८७ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई ३-३ को बराबरीमा ल्याए ।

त्यसपछि खेलको इन्जुरी समयमा लियोनल मेस्सीले फ्रिकिक मार्फत सिधै  गोल गर्दै पीएसजीलाई ४-३ को जित दिलाए ।

जितसँगै शिर्ष स्थानमा रहेको पीएसजीले २४ खेलबाट ५७ अंक जोडेको छ । लिल ४१ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0