मुगुको सोरु गाउँपालिका–९ मा पर्ने कालै क्षेत्र र सोरुकोट जोड्ने पुल मर्मत नहुँदा स्थानीयले सास्ती भाग्नु परेको छ । विसं २०३९ मा निर्माण भएको पुल जीर्ण बन्दा कर्णाली नदी तर्न डर लाग्ने अवस्था भएको स्थानीय रामप्रसाद शर्माको भनाइ छ । कालैका स्थानीय पदम योगीका अनुसार गत असोजमा लेखबाट बेँसीमा भेडा सार्दा पुलबाट खसेर पाँचवटा भेडा कर्णालीमा बेपत्ता भएका थिए ।
पुल जीर्ण बन्दै जाँदा कर्णाली नदी गर्नका लागि समस्या भएको उहाँको भनाइ छ । “कर्णाली नदी तर्नका लागि यो पुलको विकल्प छैन, तर जीर्ण बनेको पुल प्रयोग गर्न डर लाग्छ”, उहाँले भन्नुभयो ।
सोरुकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले जीर्ण पुल मर्मतसम्भारको योजना बनाइएको बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0