भारतसँगको पहिलो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बराबरी खेलेको छ ।

बुधबार राति भारतको घरेलु मैदान चेन्नईमा भएको खेलमा सावित्रा भण्डारीले दुई मिनेटमा दुई गोल गरेपछि नेपालले भारतसँग २-२ गोलको रोमाञ्चक बराबरी खेलेको हो ।

खेलको ५६ औं मिनेटमा सौम्या गुगुलोथले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएकी थिइन्  । खेलको ६८ औं मिनेटमा इन्दुमथी काथिरेसनले गोल गर्दै भारतको अग्रता २-० को बनाईन् ।
तर, ९० औं मिनेटमा सावित्रा भण्डारीले पेनाल्टीबाट गोल गर्दै नेपाललाई २-१ को स्थितिमा ल्याईन् ।
त्यसपछि खेलको इन्जुरी समयमा सावित्राले व्यक्तिगत दोस्रो गोल गरेपछी नेपाल हारबाट जोगिएको हो ।

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल शनिबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0