खाना पकाउन प्रयोग हुने ग्यास सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारी घाइते हुनुभएको छ ।
गए राति बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास सिलिन्डर विस्फोट भएपछि नेता भण्डारीसँगै उहाँकी आमा ८६ वर्षीया हरिकलासमेत घाइते हुनुभएको छ ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ग्यास सिलिण्डर विस्फोटबाट घाइते नेता भण्डारी र उहाँकी आमाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।
उहाँ गए राति नै उक्त अस्पताल पुग्नु भइ नेता भण्डारी र उहाँकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेता भण्डारी गुल्मी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0