काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपाल विजयी भएको छ ।

टियु क्रिकेट मैदान किर्तिपुरमा मंगलबार नेपालले एकदिवसीय अन्तराष्ट्रियमा पहिलो पटक नामिबियालाई २ विकेटले हराएको हो ।

२ सय ८६ रनको विजयी लक्ष्य पाएको नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।

नेपाललाई जित दिलाउन कुशल भुर्तेलले १ सय १५ रनको शतकीय ईनिङ खेले ।
यस्तै कप्तान रोहित पौडेलले ७२, सन्दीप जोराले २८,पूर्व कप्तान ज्ञानेन्द्र मल्लले २५ तथा करण केसीले १२ बलमा २० रनमा बनाए ।

नामिबियाका रुवेल ट्रम्पेलम्यान र जान निकोलले समान ३/३ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले २८५ रन बनाएको थियो । उसका लागि मिचेल भानले १ सय ३३ रनको शतकीय ईनिङ खेलेका थिए ।
यस्तै कप्तान ग्रेर्हाड इरास्मसले ५६ तथा जान ग्रिनले ३४ रन बनाएका थिए ।

नेपालका लागि करण केसीले ५,सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र कुशल मल्लले समान १/१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0