सुदूरपश्चिमको मुख्यमन्त्री पदमा  नेपाली कांग्रेस
संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (३) अनुसार  प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहलाई  मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

कैलाली निर्वाचन क्षेत्र नं २ को प्रदेशसभामा प्रत्यक्ष निर्वाचित शाहलाई साँझ प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
यसअघि प्रदेशसभाको आजको बैठकमा विश्वासको मत अस्वीकृत भएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश प्रमुखसमक्ष साँझ राजीनामा दिनुभएको थियो ।  रावल एमाले संसदीय दलका नेता हुनुहुन्छ ।
५३  सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का सभामुखबाहेक १०, नेकपा (एमाले) का १०, नागरिक उन्मुक्तिका सात, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0